१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपक रौनियारको ‘पूजा सर : राजागन्ज’ चैत १ देखि हलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

दीपक रौनियार निर्देशित चलचित्र ‘पूजा सर : राजागन्ज’ आगामी चैत १ गते नेपालका हलहरूमा रिलिज हुने भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ।

नयाँ पोस्टरमा कलाकारहरू दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई देखाइएको छ। ‘पूजा सर : राजागन्ज’ विश्व प्रतिष्ठित भेनिस, बुसानजस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भइसकेको छ।

रौनियारले यसअघि निर्देशन गरेका चलचित्र ‘हाइवे’ र ‘सेतो सूर्य’ले समेत अन्तर्राष्ट्रिय रूपमा निकै प्रशंसा बटुलेका थिए। ‘सेतो सूर्य’लाई विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलोसमेतले प्रशंसा गरेका थिए। सो चलचित्रलाई  ‘द न्युयोर्क टाइम्स’ले हेर्नुपर्ने नाै नवनिर्देशकको सूचीमा समेत राखेको थियो।

‘पूजा सर : राजागन्ज’  कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन्। चलचित्रलाई ‘पुलिस थ्रिलर’ जनरामा राखिएको छ। चलचित्रमा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायतका कालाकारको पनि अभिनय रहेको छ।