१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २१:२८:oo
Read Time : < 1 मिनेट
समाचार

गल्छीमा बस दुर्घटना, आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२८:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। बसमा २४ जना सवार थिए।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस गल्छी गाउँपालिका– ६ सुत्केरी ढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनका अनुसार घाइते हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका– ३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, वाणगंगा नगरपालिका– ३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका– १ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका– ७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका– १ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राजकुमार दास छन् ।

घाइते सबैलाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको बिएन्डबी अस्पताल रेफर गरिएको उनले बताए। बस आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो। बसचालक भूपेन्द्र चापागाईंलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हमालले बताए।