१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१२:oo
Read Time : < 1 मिनेट
समाचार

इन्द्रायणी दुर्घटनाका चालक प्रकाश भुजेल जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१२:oo

२५ दिनअघि काठमाडौंको शंखरापुर–१, इन्द्रायणीमा भएको दुर्घटनाका चालक प्रकाश भुजेल जेल चलान भएका छन्। उनले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो। 

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत सवारी ज्यान मुद्दा चलाएकोमा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

 गत कात्तिक २८ मा उनले चलाएको बा १९ प २६९५ नम्बरको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटीको मृत्यु भएको थियो। उनले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको अभियोग थियो।