मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा ४५ अंककाे गिरावट, सबै सूचक घटे

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

नेप्से परिसूचकमा आइतबार उच्च अंकको गिरावट देखिएको छ। आज नेप्से ४५.९३ अंकले घटेर दुई हजार ६८९ को विन्दुमा कायम भएको हो। यो १.६७ प्रतिशतको गिरावट हो।

आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ८१ हजार चार सय चारपटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ४७ करोड तीन लाख पाँच हजारबराबरको कारोबार भएको छ। आजको कारोबारमा २१४ कम्पनीको सेयर मूल्य घटेको छ। सबै समूहको उपसूचक पनि घटेको छ।

सबैभन्दा बढी जीवन बिमा समूह ३.०७ र व्यापार समूह २.१३ प्रतिशतले घटेको छ। बैंकिङ १.८६,  विकास बैंक १.०४, वित्त १.८४, होटेल तथा पर्यटन १.८४, जलविद्युत् १.९८ र लगानी समूह १.३३ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन १.३४, लघुवित्त १.५०, म्युचुअल फन्ड ०.५९, निर्जीवन बिमा ०.८३ र अन्य समूह ०.८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

तीनवटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको हो। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ३२ करोड ६४ लाख ६१ हजार ५६९ को कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता सेयर किनबेच भएको छ।