मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
Invalid date format २२:१४:oo
Read Time : < 1 मिनेट
समाचार

हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१४:oo

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको हो। 

कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। डाक्नेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि लागेको छ। अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो। सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाए।