१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्रीको स्वकीय सचिव भन्दै ठगी गर्ने युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

गृहमन्त्री रमेश लेखकको प्रमुख स्वकीय हुँ भन्दै प्रहरीदेखि विभिन्न व्यक्तिलाई प्रभावित पारेर फाइदा लिन खोज्ने  युवक पक्राउ परेका छन्। बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडाैंबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो। कार्यालयका एसएसपी सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए। विष्टले गृहमन्त्री लेखकको पिए बताउँदै  प्रहरी, कर्मचारीलगायत व्यक्तिलाई फोन गरी लाभ लिने प्रयास गरेका थिए।   

गृहमन्त्रीको सचिवालयले मन्त्रीको पिए तथा सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सतर्क रहन आग्रह गरेको छ।