१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १३:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका तीन पालिकाको आरोप– संघ र प्रदेश सरकारबाट बाढीपीडितको पुनर्स्थापन र पुनर्निर्माणको ठोस निर्णय आएन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१४:oo

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको अन्तरपालिका बैठक सम्पन्न भएको छ । बुधबार नमोबुद्ध नगरपालिकाको सभाहलमा नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावित पीडितहरूको पुनर्स्थापन र पुनर्निर्माणका लागि बागमती प्रदेश र संघ सरकारले कुनै ठोस नीति, योजना र कार्यक्रम नआएको उक्त बैठकको निष्कर्ष निकालेका छन् । त्यस विषयमा संघ र प्रदेश सरकारलाई ध्यानार्षण गर्ने बैठकले संयुक्त निर्णय गरेको छ ।

बैठकको निर्णयमा भनेको छ, ‘बाढीपछि काभ्रे जिल्लाका पालिकाहरूलाई संकटग्रस्त पालिका घोषणा गरेर पार गरिसक्दा पनि संघ र प्रदेश सरकारले बाढीपीडितको पुनर्स्थापन र पुनर्निर्माणको कुनै ठोस नीति, योजना र कार्यक्रम ल्याउन नसकेकोमा ध्यानाकर्षण गर्ने निर्णय गरेका छौँ ।’

सो बैठकले नाै बुँदामा निर्णय गरेको छ । बाढीले क्षति पुर्‍याएको अन्तरपालिका सञ्चालित योजनाहरू पुनर्निर्माण र मर्मतका लागि संघ र प्रदेश सरकारसँग माग तथा पहल गर्ने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । नमोबुद्ध, रोशी र तेमालका संयुक्त योजनाहरू संयुक्त पहल गरी निर्माण गर्नका लागि बैठकको आयोजना गरेको लामाको भनाइ छ । बिपी राजमार्गसहित ६ वटा अन्तरपालिका सडकहरू, दुईवटा पक्की पुल, नाैवटा झोलुङे पुल र पाँचवटा खानेपानी आयोजनाहरू पुनर्निर्माण तथा मर्मतका लागि प्रदेश तथा संघ सरकारलाई संयुक्त पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा बसेको बैठकमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा, नमोबुद्धका नगरउपप्रमुख रत्न लामा, रोशीका उपाध्यक्ष मिमबहादुर वाइबा, तेमालका उपाध्यक्ष दलमान थोकर, नमोबुद्ध, रोशी र तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रमशः शेषकान्त पौडेल, शिवप्रसाद भन्तना र योगेन्द्रराज गुरुङ, इन्जिनियरहरू उज्ज्वल अर्याल, भूपेन्द्र अधिकारी र डम्बर बटालालगायतको उपस्थिति रहेकाे थियाे ।