मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

ऊर्जामन्त्रीले प्राधिकरणकाे काममा हस्तक्षेप गरे : माओवादी केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमै कार्यकक्ष बनाएको विषयमा माओवादी केन्द्रले आपत्ति जनाएको छ। बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले मन्त्रीले नै प्राधिकरणको काममा हस्तक्षेप गरेको बताएका हुन्।

‘विद्युत् प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ। मन्त्रीले इतिहासमै कहिल्यै नभएको अनौठो कुरा– प्राधिकरणमै कार्यकक्ष खोलेर बसेर प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्,’ प्रचण्डनिवास खुमलटारमा बसेको बैठकपछि सापकोटाले भने, ‘यस अर्थमा सरकारले बिचौलिया, भ्रष्टाचारी जोगाउने काम गरिरहेको छ।’

प्राधिकरणको काममा मन्त्रीले गरेको हस्तक्षेपको विरोध प्रधानमन्त्रीलाई नै भेटेर गर्ने माओवादीको जनाएको छ।

माओवादीको ध्यान जनतामा रहेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले आफूहरूको ध्यान सरकार भत्काउनेतिर नरहेको दाबीसमेत गरे।