१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहामा टेम्पोको ठक्करले किशोरको मृत्यु भएपछि स्थानीयले गरे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

सिराहा चोहर्वा सडक खण्डअन्तर्गत सिराहा नगरपालिका– ११ भलुवाही चोकमा बुधबार साँझ टेम्पोको ठक्करले किशोरको मृत्यु भएपछि स्थानीय बासिन्दाले टायर बालेर सडक अवरुद्ध गरेका छन्।

चोहर्वाबाट सिराहा सदरमुकामतर्फ जाँदै गरेको स.१ह ७२४ नम्बरको टेम्पोको ठक्करले स्थानीय १८ वर्षीय नीरज कामतको घटनास्थलमै मृत्यु भएपछि भलुवाही चोकस्थित सडकमा बिहीबार बिहानदेखि स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका हुन्। मृतक परिवारलाई क्षतिपूर्तिसहित टेम्पोचालक तथा सवारीधनीमाथि कानुनबमोजिमको कारबाहीको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

सडक अवरुद्ध भएपछि चोहर्वा हुँदै सिराहा सदरमुकाम जाने र आउने मुख्य सडकमा सवारीसाधनहरू जाममा परेका छन्।

किशोरको मृत्युपछि स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने गरी वार्ताको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार ठक्कर दिने टेम्पोसहित चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।