मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १२:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिस्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
 
‘आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई हेर्दा उत्साहजन भएको निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’

यसअघि पार्टीले जितेका रुकुम पूर्वको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रूपमा लिएको छ । 

‘अन्य सबै दलहरू मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाडौंको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिइएको छ,’ प्रवक्ता सापकोटाले भने । 
 
जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रूपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । उनले भने, ‘यो उपनिर्वाचनले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दै छ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा प्रतिवेदन आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवर्द्धक भनेको छ ।’
 
बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरूलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।