१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीले दिए राष्ट्रपति पौडेललाई जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबिच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। 

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री आरज़ु देउवा पनि भेटवार्तामा  सहभागिता थिइन्। सो अवसरमा परराष्ट्रमन्त्री देउवाले आफूले गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्। १७ देखि २० मंसिरसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।