१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिआरसी आयोगका पदाधिकारीमा ७६ जनाको आवेदन, पाँच दिन म्याद थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि बिहीबारसम्म ७६ जनाको आवेदन परेको छ।

दुवै आयोगका पदाधिकारी चयन गर्न गठित सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐनबमोजिम आवेदन आह्वान गरेको थियो। ऐनको दफा ४ मा दुवै आयोगका अध्यक्ष र सदस्यको योग्यताबारे व्यवस्था छ।

आवदेन दिन एक साताको लागि दिएको समय बिहीबार सकिएको छ। निर्धारित समयसम्म ७१ जनाले भौतिक रूपमा र ५ जनाले अनलाइनमार्फत आवेदन दिएका कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले जानकारी दिए।

अर्यालका अनुसार सरोकारवालाको सुझावमा सिफारिस समितिले आवेदन दिने समय पाँच दिन थप्ने निर्णय गरेको छ। ‘केही व्यक्ति तथा संस्थाबाट समय छोटो भएको गुनासो आएकाले सिफारिस समितिले मंसिर ४ गते अपराह्न ५ गतेसम्म समय थप्ने निर्णय गरेको छ,’ अर्यालले भने।

ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिमा मानव अधिकार आयोगबाट आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवादी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन्।

समितिले दुइटै आयोगमा अध्यक्षसहित पाँच–पाँचजना पदाधिकारी नियुक्तिका लागि प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारलाई सिफारिस गर्नेछ। दुवै आयोग असार ०७९ देखि पदाधिकारीविहीन छन्।

गत भदौमा बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन) विधेयक संसदबाट पारित भई कानुन बनेपछि दुवै आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढेको छ।