१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २७ मंगलबार १o:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानमा मानव तस्करी प्रकरण : गिरोहलाई सघाउने थप दुई पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार १o:२३:oo

कोशी प्रदेशका तत्कालीन मन्त्रीसहित मिलेर जापानमा मानव तस्करीको प्रयास भएको कसुरको अनुसन्धानमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । भिसाका लागि नक्कली कागजपत्र बनाउनेलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए । 

यसअघि प्रहरीले पूर्वमन्त्री लीलाबल्लभ अधिकारीसहित सातजनालाई पक्राउ गरिसकेको छ। उनीहरूले तीनजनालाई सरकारी कर्मचारी भएको नक्कली परिचयपत्र बनाएर मन्त्रीसँगै जापान पठाउने प्रयास गरेका थिए। तर, जापान अध्यागमनले फर्काइदिएको थियो। नक्कली छाप तथा कागजपत्र बनाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो। गिरोहमा संलग्न अझै केही व्यक्तिहरू फरार छन् । 

मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवार, खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवाकाे कालिका गापा– ५ का कञ्चन देवकोटा हाल प्रहरी हिरासतमा छन् ।