१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

युएईमा जारी यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले जितका लागि १२३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टाेली युएईले पूरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२२ रन जोड्यो।

युएईका लागि रनिता रजितले सर्वाधिक रन बनाइन्। उनले ३३ बलमा ४८ रन बनाउँदा लावन्य केनीले ३२ बलमा २० रन जोडिन्।

नेपालकी रिया शर्माले १५ रन खर्चे तीन विकेट लिँदा कृष्मा गुरुङले १२ तथा सिमाना केसीले १५ रन खर्चेर समान एक–एक विकेट लिए।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। आफ्नो दोस्रो खेल नेपालले बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो।

प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसिसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।