१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२२:oo

महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ। 

चलचित्रको वर्ल्ड प्रिमियर आगामी मंसिर २३ (डिसेम्बर ८)मा हङकङमा हुने तय गरिएको छ। सो प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन्।

हङकङ प्रिमियरपछि नेपाल रिलिजअगावै यो चलचित्रको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया र जापानमा हुने निर्माता प्रेमकुमार श्रेष्ठले बताए। नेपालमा भने यो चलचित्रको रिलिज मिति फागुन २९ गते तोकिएको छ।

चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ। निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ।

चलचित्रको छायांकन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्। टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सहनिर्माता हुन्। विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।