१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, अन्य दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

मकवानपुरको भीमफेदी गाउँपालिकामा बिहीबार करेन्ट लागेर नेपाली सेनाका एकजना लेसनायकको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा भीमफेदी– ८, दोभानस्थित फास्ट ट्र्याक सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– १ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियाल रहेका छन्।

दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। यस्तै, अन्य २ जना घाइते भएका छन्। घाइते हुनेमा डडेल्धुराकै अमरगढी नगरपालिका– २ घर भएका २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पाको रामपुर नगरपालिका– ६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल रहेका छन्।

घाइतेहरूको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार बिहीबार बिहान सञ्चार उपकरणको पाइप गाड्ने क्रममा पाइपले हाइटेन्सन बिजुलीको तारमा छुँँदा उनीहरूलाई करेन्ट लागेको हो।

घाइते दुवैलाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत छाउनी पुर्याइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए। उनका अनुसार मृतक दियालको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।