१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराजमा साँझ साढे ६ बजेपछि महोत्सव सञ्चालन नगर्न निर्देशन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

सप्तरीको सदरमुकाम राजविराजमा जारी राजविराज महोत्सव साँझ साढे ६ बजेपछि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले महोत्सव साँझ साढे ६ बजेपछि बन्द गर्न निर्देशन जारी गर्दै सूचना जारी गरेको छ।

राति अबेरसम्म देउसी–भैलो खेल्दा होस् वा मनोरञ्जनात्मक कार्यक्रम गर्दा छरछिमेक र सार्वजनिक जीवनमा असर पर्ने भएकाले साढे ६  बजेसम्म मात्र उक्त कार्य गर्न–गराउन जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत सचेत गराएको हो।

कात्तिक १५ गतेदेखि जारी महोत्सव २५ गतेसम्म सञ्चालन हुनेछ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वदलीय बैठकको निर्णयअनुसार नै राजविराज महोत्सव साँझ साढे ६ बजेपछि बन्द गर्न भनिएको जानकारी दिए।