मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध सम्बन्धले लियो ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

महोत्तरीमा विवाहेत्तर सम्बन्धले एक महिलाको ज्यान लिएको छ। गत कात्तिक १३ गते मंगलबार पिपरा गाउँपालिका ७ दनौली चौरीस्थित अशोक ठाकुरको आँप बगैँचामा परिचय नखुलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्दै गर्दा उनको हत्या विवाहपछिको अवैध सम्बन्धको कारण भएको बुझिएको छ। 

मृतक अन्दाजी २८ वर्षीया लक्ष्मिनिया देवीको माइती घर धनुषाको सहिद नगर नगरपालिका ७ यदुकोहा (निमुवा) टोल) रहेको र धनुषाकै गोदार ससुराली रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनको हत्या आरोपमा महोत्तरीको मटिहानी नगरपालिका ५ बस्ने राकेश नायक र उनको श्रीमती रिना नायकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको हो। मृतकको श्रीमानसँग सम्पर्क भएको र उनी शव सनाखत गर्न आजै आइपुग्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक विशाल सिंहले बताए। 

प्रहरीले पक्राउ गरेको आरोपी श्रीमान्-श्रीमतीसँग हत्या गरेको कारणलगायतका विषयमा थप अनुसन्धान गरिरहेको बताउँदै प्रवक्ता प्रहरी निरीक्षक सिंहले मृतक लक्ष्मिनिया देवी केही समयदेखि आरोपीकै घरमा बसेको बुझिएकोले हत्याको कारण अवैध सम्बन्ध हुन सक्ने प्रारम्भिक जानकारी रहेको बताए। 

उनले अझै अनुसन्धान नसकिएकाले तथ्य यही हो भन्ने भन्न नसकिने बताउँदै घटनाबारे विस्तृत जानकारीको लागि अझै केही समय लाग्ने बताए। आरोपीले महिलाको हत्यापछि उनैले लगाएको सल मुखको माथि राखी उनको अनुहार जलाउने प्रयास गरे पनि उनको अनुहार जोगिएकोले शवको पहिचान गर्न सहज भएको प्रहरीको भनाइ छ।