Skip This
बार्सिलोनाको बदला 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o७:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाको बदला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखमाथि ४–१ को प्रभावशाली जित निकाल्दै चार वर्षअघिको बदला लिएको छ । घरेलु मैदान इस्टाडी ओलम्पिकमा कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि बायर्नविरुद्ध बार्सिलोनाले दबाब बनाएको हो । बार्सिलोनाको जितमा सयौँ खेल खेलेका ब्राजिलियन स्टार राफिन्हाले खेलको पहिलो मिनेट, ४५ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्काे गोल रोबर्ट लेवान्डोस्कीले ३६औँ मिनेटमा गरेका हुन् । 

चार वर्षअघि भएको क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनाविरुद्ध ८–२ को फराकिलो जित निकालेको थियो । त्यसयता खराब प्रदर्शन गर्दै आएको बार्सिलोना बायर्नविरुद्ध जितविहीन थियो । बिहीबार राति बायर्नका तर्फबाट ह्यारी केनले १८औँ मिनेटमा गोल गरे पनि त्यो जित निकाल्न पर्याप्त भएन । उनले खेलको दशौँ मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन रेफ्री (भिएआर)ले मान्यता दिएन । जितपछि बार्सिलोना ३ खेलबाट ६ अंक जोड्दै दशौँ स्थानमा छ । समान खेलबाट ३ अंक जोडेको बायर्न २३औँ स्थानमा छ ।

बार्सिलोनाको प्रशिक्षक ह्यान्सी फ्लिकले ‘एल क्लासिको’अघिको जितले टोलीको आत्मबल बढेको बताएका छन् । ‘हामीले यो खेलबाट बदला मात्रै लिएका छैनौँ । आगामी एल क्लासिकोका लागि राम्रो तयारीसमेत भएको छ । सिजनको पहिलो एल क्लासिको आगामी आइतबार हुँदै छ । रियल म्याड्रिडको घरेलु मैदान सान्तियागो बर्नाबेउमा हुने खेलअघि फ्लिकले आफ्ना खेलाडीलाई विश्राम गर्न निर्देशन दिएका छन् । ला लिगामा हरेक टोलीले दश खेल खेल्दा बार्सिलोना तीन अंकको अग्रतासहित शीर्ष स्थानमा छ । २४ अंकको म्याड्रिड दोस्रो स्थानमा छ ।