१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १६:१८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १६:१८:oo

समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा आयोजित एक कार्यक्रममा तामाङको आत्मकथा माई क्युरियस इअर्स विथ ‘चार्ल्स हेनरी फोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी तामाङ’ लोकार्पण गरिएको हो।

स्थानीय समयअनुसार आइतबार साँझ वाणिज्यदूत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले पुस्तक विमोचन गरेका हुन्। अक्टोबर ९ मा लेखकसँग हस्ताक्षर कार्यक्रमसमेत भएको थियो।

लेखकले नेपालीलाई इमानदार तथा संघर्षशीलका रूपमा विश्वमा चिनाउने काम गरेको उल्लेख गर्दै वाणिज्यदूत अधिकारीले पुस्तकले धेरैलाई प्रेरणा दिने बताइन्। तामाङ सोसाइटी अफ अमेरिकाका पूर्वअध्यक्ष तथा सोसाइटी अफ अमेरिकाका सल्लाहकार राम तामाङले काठमाडौंदेखि अमेरिकासम्म बसाइका क्रममा इन्द्रका अनुभवहरू आत्मकथामा सँगालेको बताए।

चार्ल्ससँगै विश्व भ्रमणका क्रममा तामाङले चित्रकला तथा फोटोग्राफी सिकेका थिए। इन्द्रको जीवन–अनुभवलाई पुस्तकको रूपमा ल्याउन लेखक, गीतकार, सम्पादक रोमी एस्बीले साथ दिएका हुन्।

टर्टल पोइन्ट प्रेसले बजारमा ल्याएको २६४ पेजको पुस्तकको मूल्य २४ अमेरिकी डलर रहेको छ। पुस्तक डिजिटल प्लेटफर्म अमेजनमा समेत उपलब्ध रहेको प्रकाशकले जनाएको छ।