Skip This
महराको हत्या आरोपमा एक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Friday, 23 May, 2025
२o८१ असोज ३० बुधबार o८:५४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महराको हत्या आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:५४:oo

सिराहाको सुखीपुर नगरपालिका– १० लालसहियास्थित गागन खोलाको बगरमा सोमबार अपराह्न भेटिएको शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार स्थानीय गागन खोलाको बगरमा भेटिएको शव गोलबजार नगरपालिका– १३ दुर्गापुर डंग्राहा बस्ने श्रीदेव महराका छोरा करिब २० वर्षीय कृष्णकुमार महराको हो ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा सोमबार साँझ ल्याइएको महराको शव मंगलबार बिहान पोस्टमार्टम गरी परिवारजनले बुझेर लगेपछि अपराह्न गागन खोलामा दाह संस्कार गरिएको मृतकका आफन्त घुरनकुमार महराले जानकारी दिए । 

लालसहियास्थित दुर्गा मन्दिरमा लाग्ने दसैँको मेला हेर्न घरबाट एक्लै निस्किएका महरा आइतबारदेखि नै सम्पर्कविहीन भएको मृतक परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफन्त, स्थानीय बासिन्दा, प्रहरीले खोजी गर्ने क्रममा सोमबार अपराह्न घाँटीमा कैँची प्रहार गरी हत्या भएको अवस्थामा उनको शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ । प्रहरीका अनुसार स्थानीय १९ वर्षीय सिकीन्द्र मुखियालाई सोमबार साँझ दुर्गापुर क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।