१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबिच आइपिओ निष्कासनसम्बन्धी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा दाउन्ने एग्रो फार्म लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले मंगलबार हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्म लिमिटेडको साधारण सेयर निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ। दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अन्डा उत्पादक कम्पनी हो। कम्पनीले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वातानुकूलित प्रविधिको प्रयोग गरी दैनिक १७०० कार्टुन ‘एन्टिबायोटिक फ्री’ र गुणस्तरीय अन्डा उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरूलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको इआरपी सफ्टवेयर प्रयोगमा ल्याएको छ, जसबाट कम्पनीद्वारा उत्पादित अन्डाको प्रतिइकाइ लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापनलगायतका सम्पूर्ण गतिविधिहरूलाई निगरानी हुन्छ। भविष्यमा कुल ६ लाख कुखुराबाट दैनिक २,६०० कार्टुन अन्डा उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ३ मा अवस्थित सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडअन्तर्गतको नेपाल अपरच्युनिटी फन्ड– १ को समेत लगानी रहेको छ। सिटिजन्स क्यापिटल लिमिटेडले कम्पनीलाई सेयर निष्कासनसम्बन्धी परामर्श र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात प्रारम्भिक सेयर निष्कासन (आइपिओ)को निष्कासन प्रबन्ध गर्नेछ।