मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

जंगली हात्तीको आक्रमणमा परेर बारामा एक वृद्धको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका–२, पुरानो काँटाका ६३ वर्षीय हस्तबहादुर ठोक्करको मृत्यु भएको हो। 

घरनजिकै रहेको उत्तरतर्फको जंगलमा घाँस लिन गएको वेला हात्तीको आक्रमणबाट ठोक्करको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख तथा प्रहरी निरीक्षक किसन बस्नेतले जानकारी दिए। 

‘बिहान ७ बजे घरबाट घाँस काट्न गएका ठोक्कर जंगलबाट नफर्केपछि आफन्तले स्थानीयहरूको सहयोगमा जंगलमा खोजतलास गर्दा उनी मृत अवस्थामा करिब साढे ११ बजेको समयमा जंगलमा शव फेला परेको खबर प्राप्त भएसँगै म घटनास्थलमा पुगेकाे थिएँ,’ निरीक्षक बस्नेतले भने, ‘शव भएको स्थानमा हात्तीको गोबरदेखि बोटबिरुवा किचोलेको छ, उनको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको देखिएको भए तापनि घटनाबारे हामीले थप अनुसन्धान अघि बढाएका छौँ।’

मृतकको शव परीक्षणका लागि कलैया प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।