१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कावासोतीमा तासको खालबाट पाँच पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३२:oo

नवलपुरको कावासोतीबाट तास खेलिरहेका पाँचजना पक्राउ परेका छन्। कावासोती- २ हिमाल चोकनिवासी ४० वर्षीय उज्ज्वल मल्लको घरबाट मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए। 

प्रहरीले उनीहरूको साथबाट एक लाख चार हजार ५९५ रुपैयाँ नगद र चार बुक तास बरामद गरेको छ। त्यसैगरी, कावासोती- २ निवासी ४० वर्षीय गोविन्द न्यौपाने, ४२ वर्षीय खिम लामिछाने मगर, ४५ वर्षीय रामजी पाण्डे र कावासोती- ३ निवासी २९ वर्षीय देवराज बस्याल पक्राउ परेका छन्। 

पक्राउ परेकालाई सोमबार म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ।