१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
Invalid date format o९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२४:oo

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका– १४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठुलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताए। ‘गएराति  पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ,’ उनले भने, ‘एक्स्काभेटर, जेसिबीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुंगाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठुलो लोडर माग गरेका छौँ ।’

 कटारी– १४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झन्डै १५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए।  सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्न सक्ने सम्भावना नरहेको उनले बताए । 

सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।