मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंक र माइजोईबिच सम्झौता

युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३४:oo

ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीले माइजोईको रेमिटेन्स एपबाट सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

यसरी युएईबाट ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालय वा नेपालभरि रहेको आइएमई लिमिटेडको ५०,००० भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ । यसै सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेको नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लाटफर्म रहेको बताए । उनले माइजोईसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएकोसमेत बताए । यसैगरी, माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलीले युएईमा रहेका नेपाली कामदारले आफ्ना प्रियजनहरूलाई पैसा पठाउने दु्रत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्ने गरी ग्लोबल आइएमई बैंकसँग सम्झौता गर्दा माइजोई रोमाञ्चित रहेको बताए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । युएईमै मुख्यालय रहेका माइजोईको दृष्टिकोण विश्वव्यापी रूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न असक्षम प्रत्येक व्यक्तिलाई वित्तीय समावेशीकरण गर्नु हो । 

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुको अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।