१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोस्ट मनसुनका तीन महिनामा पूर्वी र मध्य नेपालमा औसतभन्दा धेरै पानी पर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

पोस्ट मनसुन अर्थात् हिउँद सुरु हुनुअघिका तीन महिनामा पूर्वी र मध्य नेपालमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले १५ असोजदेखि १६ पुससम्मको तीनमहिने हावापानी वर्षाको आकलन गर्दै यो अवधिमा कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा सरदरभन्दा बढी वर्षाको आकलन गरेको हो। 

त्यस्तै, गण्डकीका दक्षिण–पूर्वी भूभाग र लुम्बिनीका पूर्वी भूभागमा पनि सरदरभन्दा बढी वर्षाको सम्भावना छ। तर, कर्णाली प्रदेशका मध्य र उत्तरी भूभाग तथा सुदूरपश्चिमका उत्तरी भूभागमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण विभागले गरेकाे छ। 

यीबाहेक मुलुकका अन्य क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना छ। यो तीन महिनामा झन्डै ८० मिलिमिटर वर्षालाई औसत मानिन्छ। नेपालमा मुख्य २० वटा स्टेसनको वर्षालाई आधार मानेर औसत वर्षा र तापक्रम निकालिन्छ।

तर, यो तीन महिनामा देशभरको अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने देखिन्छ। अर्थात् जाडो ढिलो गरी सुरु हुनेछ।

विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपको आकलन, मौसम विभागकै हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा तीनमहिने प्रक्षेपण गरेको हो। 

पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणाली (आइओडी) को हालको अवस्था तथा ऋतुगत परिवर्तनशीलताका कारकलाई मध्यनजर गरेर वर्षा र तापक्रमको प्रक्षेपण गरिएको हो। हाल प्रशान्त महानगरमा एन्सो तटस्थ अवस्थामा छ भने आगामी मध्य पुससम्म लालिनाको अवस्था देखा पर्ने सम्भावना छ। 

त्यस्तै, हाल तटस्थ रहेको हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम आगामी दिन महिनासम्म तटस्थ रहने आकलन छ।