१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २१:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी उपनिर्वाचनबाटै माओवादी एक्लै प्रतिस्पर्धामा जान्छः अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१५:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र ०८४ को आमनिर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिने बताएका छन्।

पार्टी सम्बद्ध दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियामा उनले देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको बताएका हुन्।

सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानले पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै प्रचण्ड त्यसैको बलमा आगामी निर्वाचनमा जनमतबाट पहिलो पार्टी बन्ने दाबी गरे।

 उनले जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई अपिल गरे। 
 
पूर्वप्रधानमन्त्री प्रचण्डले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जित संकट समाधानका लागि पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रहसमेत गरे। 

‘जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन। बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधान गर्न हाम्रो पार्टीले अग्रपंक्तिमा रहेर काम गरिरहेको छ। त्यसैले मुलुक र जनताको पक्षमा काम गर्नु पनि एकप्रकारको आन्दोलन नै हो। यसमा सबैले सक्दो सहयोग गरौँ, उनले भने। 

पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताए। उनले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताए। (रासस)