मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काठमाडौं
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुनपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिँदै उनले भने, ‘कुनै पनि घाइते उपचारबाट वञ्चित हुनुपर्दैन। उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ।’

उनले विपद्को वेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताए। मन्त्री पौडेलले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्ने घाइतेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारी दिए।

विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उनको भनाइ थियो।

बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको उनले बताए। यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ।

हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन्। जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ।