१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथरमा पहिरोमा परी हालसम्म आठजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउने मानिसको संख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका– १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख विनालाल शाहले जानकारी दिए।

योङहाङको शव धनकुटाको मूलघाटनजिकै तमोर नदी किनारामा (तेह्रथुमतर्फ) फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख शाहले बताए। योङहाङलाई फिदिम नगरपालिका– १, दुमाहाबेँसी नजिकैबाट बाढीले बगाएको थियो।

यसअघि सोही स्थानबाट खोलाले बगाएर बेपत्ता भएकी निर्मला राईको शव फलामेटार नजिकै धनकुटामा भेटिएको थियो। असोज १२ गतेको बाढी र पहिरोमा परी फिदिम नगरपालिका– १२ की सम्झना शेर्पा, डोल्मा शेर्पा र पास्तिम्बा शेर्पा, फिदिम– १ का गोपी विश्वकर्मा, फिदिम– २ की रञ्जना राई र फाल्गुनन्द– ५ का नरेन्द्र चेम्जोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

पहिरोमा परेका फिदिम–१ का सरस्वता पन्दाक र कृष्ण दास तथा फालेलुङ–५ कि ३६ वर्षीया कमला राई अझै बेपत्ता रहेकाे प्रहरी तथ्यांकमा उल्लेख छ। बाढी र पहिरोले पाँचथरको सदरमुकाम फिदिम नगरपालिकासँगै फाल्गुनन्द, फालेलुङ र मिक्लाजुङ गाउँपालिका धेरै प्रभावित भएका र विस्थापितको विवरण संकलन भइरहेको बताइएको छ।