मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस ब्रसेल्स
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इयूद्वारा लेबनानलाई दिने सहायता तीन करोड युरोले वृद्धि

Read Time : < 1 मिनेट
रासस, ब्रसेल्स
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

युरोपेली संघ (इयू)ले इजरायल र हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौँ। हाम्रो नयाँ कोष (सहयोग)ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ।’

उनले थपिन्, ‘मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु। निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै पक्षले सक्दो प्रयास गर्नुपर्छ।’

युरोपेली संघको पछिल्लो सहायता प्याकेज यसअगाडि घोषणा गरिएको १० मिलियन युरोभन्दा बढी रहेको छ। यससँगै लेबनानका लागि युरोपेली संघको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ।

इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दै सीमापार आफ्ना सेना पठाएको छ।लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिएका छन्। 

लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन्।