१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

कपिलवस्तुको वाणगंगा नगरपालिका– १ मा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ। गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले सञ्चालनमा ल्याएको डायलाइसिस सेन्टरको बिहीबार एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।

मिर्गौला फेल भएका बिरामीहरूलाई डायलाइसिस सेवा प्रदान गर्न कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याइएको हो। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो। मिर्गौला फेल भएका बिरामी यसअघि डायलाइसिस सेवा लिन जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो।

सेन्टरमा १० वटा डायलाइसिस मेसिन राखिएको छ। दैनिक ६० जना बिरामीलाई सेवा पुर्‍याउन सक्ने क्षमता रहेको छ। पाँच करोडको लागतमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। एकजना बिरामीले हप्ताको दुईदेखि तीनपटकसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ।

लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चारवटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ। दाङको लमही, पाल्पा, वालिङ र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिँदै आएका छन्। चारवटा शाखा र एउटा अस्पताल गरी पाँचवटा स्वास्थ्य संस्थाबाट पाँच सयजनाले नियमित डायलाइसिस सेवा लिँदै आएका छन्।