मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Tuesday, 18 August, 2026
२o८१ असोज १७ बिहीबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गजेन्द्रनारायण सिंह अस्पताल‌मा जिल्ला प्रशासन सप्तरीको छड्के अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १५:o५:oo

जिल्ला प्रशासन कार्यालय सप्तरीको टोलीले बिहीबार गजेन्द्रनारायण अस्पतालमा छड्के अनुगमन गरेकाे छ।अनुगमनको क्रममा अस्पतालमा इमर्जेन्सीबाहेकका सेवाहरू बन्द रहेको पाइएको हो । 

गत भदौ ७ को मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत बहिरंग (ओपिडी)सेवा अनिवार्य रूपमा प्रवाह गराउने सम्बन्धमा मातहतका सबै संघीय अस्पतालहरूलाई भदौ १६ गते परिपत्र गरेको थियो। तर, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले मन्त्रालयको परिपत्रको अवज्ञा गर्दै बिहीबार ओपिडी बन्द गरेको छ। मन्त्रालयको परिपत्रविपरीत आज बिहीबार घटस्थापनाका दिन बिदा दिएपछि सेवाग्राही मर्कामा परेका छन्।

सप्तरीका सिडिओ मेखबहादुर मग्रातीले अस्पतालमा छड्के अनुगमन गरिएको बताए। उनले  नयाँ पत्रिकामा समाचार आएपछि  प्रशासन कार्यालयको टोलीले अस्पतालमा अनुगमन गरिएको जानकारी दिए।अनुमगनमा इमर्जेन्सीबाहेकका सेवाहरू बन्द रहेको पाइएको र मन्त्रालयको परिपत्रअनुसार अस्पतालमा सेवा सञ्चालनमा नरहेकाे पाइएपछि  सूचना जारी गरेर सेवाहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।