१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा बजार अनुगमन : दुई लाखभन्दा बढीको अखाद्य वस्तु नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

चाडपर्व नजिकिएसँगै सल्यानमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिइएको हो।

जिल्लाको त्रिवेणी गाउँपालिकाको केन्द्र लुहाम बजार, लोटाउने बजार, रिखे बजार, काभ्रा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा बजारबाट ठुलो मात्रामा दुई–तीन वर्ष पहिले नै म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिए।

उनका अनुसार जफत गरिएका सामग्री रु. दुई लाखबराबरको रहेको र उक्त अखाद्य वस्तु नष्ट गरिएको छ। बजार अनुगमनको क्रममा पालिकामा व्यवसाय दर्ता भए–नभएको, कर तिरे–नतिरेकोलाई पनि सचेत गराइएको केसीले बताए।

अनुगमन टोलीले खाद्यान्न, मासु, तरकारी, औषधिलगायत विभिन्न बजार तथा पसलहरूको अनुगमन गरेको त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पुनले जानकारी दिइन्। खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य व्यवसायीलाई आग्रह गरिएको छ।

लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री–वितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्यवस्तु खरिद–बिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्यपदार्थ छोपेर राख्न, पत्रिकामा खाद्य पदार्थ नराख्न, कीट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको छ।