Skip This
च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o७:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

युरोपियन च्याम्पियन्स लिगमा मंगलबार बार्सिलोनाले योङ ब्वाइजलाई ५–० ले हराएको छ । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । राफिन्हा र मार्टिनेजले समान एक गोल गरेपछि बार्सिलोना फराकिलो अन्तरले विजयी भएको हो । अर्को खेलमा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिस्लभालाई ४–० ले पाखा लगाएको छ । 

सिटीका लागि गुन्डोओन, फोडेन, हाल्यान्ड र म्याकटीले एक–एक गोल गरेका थिए । इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले निराश बनाएको छ । आर्सनलको जितमा हाभार्टज र साकाले गोल गरे । यसैगरी जर्मन क्लब बोरुसिया डर्टमन्डले सेल्टिकलाई ७–१ ले पराजित गर्‍यो । 

बोरुसियाको जितमा अडेमीले ह्याट्रिक गरेका थिए । उनले खेलको ११औँ, २९औँ र ४२औँ मिनेटमा गोल गरी ह्याट्रिक गरेका हुन् । अर्को खेलमा बायर लेभरकुजेनले एसी मिलानलाई १–० ले हरायो ।