१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Monday, 30 June, 2025
२o८१ असोज १६ बुधबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार

एक सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार २o:५४:oo

अग्रवाल सेवा केन्द्रले ५१४८औँ अग्रसेन जयन्तीको अवसरमा काठमाडौंको पूर्वी क्षेत्रका २५ विद्यालयका एक सयभन्दा बढी जेहेनदार तथा न्युन आर्थिक अवस्थाका विधार्थीलाई छात्रवृत्ति एवं पोसाक वितरण गरेको छ। भद्र नारी जागरण समितिको सिफारिसमा केन्द्रले सहयोग गरेको हो। 

कार्यक्रममा केन्द्रका अध्यक्ष गिरीधारी अग्रवाल (लोहिया) ले बालबालिकाको शैक्षिक विकासमा यस्ताे सेवा सहयोग पुर्‍याउन पाएको खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। केन्द्रले हरेक विधार्थीलाई तीन हजार छात्रवृत्ति एवं पोसाक प्रदान गरेकाे हाे ।

अग्रवाल सेवा केन्द्र शिक्षा समिति संयोजक महेन्द्रकुमार वाथवालले पनि बालबालिकाको शैक्षिक विकासमा यस्ता वस्तु तथा सेवाको व्यवस्था गर्न पाउँदा हर्ष लागेको बताए।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले विद्यार्थीको भविष्यका लागि शिक्षकहरू जवाफदेही, उत्तरदायी हुनुपर्नेमा जोड दिँदै अग्रवाल सेवा केन्द्रले ३० वर्षदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन्। 

कार्यक्रममा भद्र नारी जागरण समितिका अध्यक्ष कविता फुँयालले शैक्षिक विकास एवं बालबालिकाको उत्प्रेरणाका लागि यस्ता थप कार्यक्रम आवश्यकता रहेको र आगामी दिनमा विद्यालय, विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरी कार्यक्रम आयोजना गर्ने बताइन्। कार्यक्रममा अग्रवाल सेवा केन्द्रका पदाधिकारी, भद्र नारी जागरण समितिका पदाधिकारी, विद्यार्थी एवं शिक्षकसहित समाजसेवीको उपस्थिति थियो।