मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभाको १४औँ अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

बागमती प्रदेश सभाको चालू १४औँ अधिवेशन अन्त्य गरिएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको दोस्रो कार्यकालको चौथो तथा समग्रमा चौधौँ अधिवेशन अन्त्य गरिएको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। यसअघि मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रदेश सभाको अधिवेशन प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको जानकारी दिए।

गत ३१ वैशाख ०८१ बाट सुरु भएको प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ।