१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलाले बगाएर मकवानपुरमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

मकवानपुरमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिकाका एक पुरुष र मकवानपुर गढी गाउँपालिकाकी इक महिला छन्।

मकवानपुर प्रहरीका अनुसार मकवानपुर गढी गाउँपालिका– ५, सिमलटारकी ६४ वर्षीया गोमाकुमारी दमाईंको स्थानीय ज्यामिरे खोलाले बगाउँदा ज्यान गएको हो। 

उनलाई बुधबार बिहान ज्यामिरे खोलाले बगाएर सामरी खोलसम्म पुर्‍याएको थियो। खोलाले बगाएको जानकारीपछि खोजतलासका क्रममा उनको शव सामरी खोलामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका ५५ वर्षीय भद्रबहादुर राईको गोठालाे जाने क्रममा राप्ती नदी तर्ने क्रममा बगेर मृत्यु भएको हो।

राप्तीमा बगेको खबर पाएलगत्तै सशस्त्र प्रहरी पोस्ट कत्लेखोलाबाट गएको सुरक्षाकर्मीको टोलीले उद्धार गरेर मनहरी अस्पताल पठाएको थियो। त्यहाँबाट चितवन रिफर गरिएकोमा उपचारको क्रममा राईको चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।