१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तापक्षका मुख्य सचेतकसहितका नेताहरू लन्डनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन नेताहरू बेलायत गएका हुन्।

एमाले सांसद भट्टराई र मुख्य सचेतक बर्तौलासहित कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेल, युवा नेता डा. जितेन्द्र उपाध्याय, जसपा केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख अर्जुन थापा, उपराष्ट्रपतिका विदेश मामिला सल्लाहकार तथा जसपा विदेश विभाग सदस्य विनोदकुमार पौडेल बेलायत गएका बताइएकाे छ।

तर, आमन्त्रण गरिएकामध्ये माओवादी सांसदहरू माधव  सापकोटा र रेखा शर्माले भने भ्रमण स्थगित गरे। मुलुक बाढीपहिरोको चपेटामा परेका कारण आफूले भ्रमण रद्द गरेको सापकोटाले बताए। ‘बाढीपहिरोले मानिसहरू मरिरहेको र जनजीवन अस्तव्यस्त भएको अवस्थामा जहाज चढेर विदेश उड्न मन लागेन,’ उनले भने, ‘बरु यस्तो वेला निर्वाचन क्षेत्र जानुपर्छ भन्ने लागेर उद्धार र राहतको काममा खटिएँ ।’

शर्माले भने बुबाको निधन भएकाले भ्रमण रद्द गरेकी हुन्।  सर्वदलीय टोलीलाई १४ र १५ असोजमा भएकाे सम्मेलनमा सहभागिताका लागि बेलायत आमन्त्रित गरिएको थियो। 

सिन्धुपाल्चोक– १ का निर्वाचित सांसद सापकोटाले स्थानीय प्रशासन, प्रहरी, पार्टीपंक्ति र स्थानीयको परिचालनमार्फत अवरुद्ध अरनिको लोकमार्गमा मंगलबारदेखि यातायात सञ्चालन गराइएको बताए। ‘पुलबाहेक दुःखजिलो गरेर अरनिको राजमार्गमा गाडी गुड्न सक्ने बनाएका छौँ । मंगलबारबाट सडकको अवरुद्ध मूलतः खुलेको छ,’ उनले भने । जिल्लाका अरू सहायक सडकमा पनि पहिरो पन्छाएर यातायात खुलाउने काम भइरहेको सापकोटाले बताए। यस्तै, नेपाल टेलिकम र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकहरूसँग समन्वय गरेर जिल्लामा अवरुद्ध टेलिफोन र विद्युत् सेवा पनि नियमित गरिएको जानकारी उनले दिए। सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी दुई कोरियन नागरिकसहित १० जनाले ज्यान गुमाए।

उनीहरूको शव निकाल्ने, पोस्टमार्टम गर्नेलगायत काममा सापकोटा आफैँ सक्रिय भएर लागे । ‘१० जनाको शव निकालेर पोस्टमार्टमपछि दाहसंस्कार गरियो । दुई कोरियन र नेपाली सेनाका कर्णेलको शव काठमाडौं पठाइयो,’ उनले भने । यस्तै, सापकोटाले आफ्नै पहलमा जुगल हिमालबाट एकजनाको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएका छन् । हराएका दुईजना भने अझै भेटिएका छैनन् ।