१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format २१:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलेखानीको जलाशय भरिन लागेपछि जोखिम कम गर्न विद्युत् उत्पादन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२४:oo

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय भरिने भएपछि जोखिम कम गर्न विद्युत् उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ।

मुलुकमा मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले कुलेखानी जलविद्युत् आयोजना नियमित रूपमा सञ्चालन गर्नु नपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आयोजना नियमित सञ्चालनमा नआउँदा जलाशयको पानी खपत भएको थिएन। विगत तीन दिनदेखि कुलेखानीबाट विद्युत् उत्पादन बन्द थियो। 

तर, लगातारको वर्षाले जलाशय भरिने भएपछि जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए।

कुलेखानी जलाशयको पानी एक हजार ४८४ मिटर उचाइसम्म प्रयोग गर्न मिल्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ।

कुलेखानी जलाशयबाट तीनवटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।