१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु साक्षर जिल्ला घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ। ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नाराका साथ सोमबार एक कार्यक्रमबिच मुगुलाई साक्षर घोषणा गरिएको हो।

मुगु कर्णालीका पाँच जिल्लामा पहिलो र देशको ६५औँ साक्षर जिल्ला घोषणा भएको छ। जिल्लामा रहेको एक नगरपालिका र तीन गाउँपालिकालाई साक्षर घोषणा गरेपछि जिल्लालाई पनि साक्षर घोषणा गरिएको हो।

जिल्लाको कुल जनसंख्याको ९६.५ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जनबहादुर कार्कीले जानकारी दिए। सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचकलाई आधार बनाएको छ। त्यसमध्ये राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाइ लेखाइ गर्न सक्ने, मोबाइल वा क्यालकुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचकमध्ये ६ वटा सूचक पूरा भए साक्षर घोषणा गर्न सकिने  प्रावधान छ।