साइबर अपराधमा दुर्गा प्रसाईं पक्राउ, तीन दिन थुनामा राख्न अनुमति

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण
साइबर अपराधमा दुर्गा प्रसाईं पक्राउ, तीन दिन थुनामा राख्न अनुमति

तस्बिर: संजित परियार/याँ पत्रिका

 व्यवसायी दुर्गा प्रसाईं साइबर अपराधको कसुरमा पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित घरबाटै आइतबार उनलाई पक्राउ गरेको हो । गत २ असोजमा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

आफ्नो चरित्रहत्या हुने गरी अन्तर्वार्तामा बोलेको भन्दै एक महिलाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । प्रसाईंसहित उनका बडिगार्ड जीवन पाण्डे तथा अन्तर्वार्ता लिने प्रकाशचन्द्र दाहालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो ।

प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा उपस्थित गराएको छ । अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

सुझावित समाचार