१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यका सारा संरचना लगाएर मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस-एमाले आफैँ फसे : लामिछाने

राष्ट्रिय भेलामा प्रस्तुत लामिछानेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदैछ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार २o:३५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफूलाई संसदीय समितिले कुनै संलग्नता नरहेको भनेर प्रस्ट पारे पनि अपराधी करार गर्ने प्रयास भइरहेको बताएका छन्।

राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा लामिछानेले कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत खोज्ने जिम्मेवारी कर्मचारीको नभएको भन्दै वास्तविक हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्ने बताए।

‘अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चै होइन रहेछ, तर ... भन्दै बोली लर्बराएको, शब्दजाल बुनेर बस्नुपरेको छ,’ उनले भने, ‘संसदीय समितिले प्रस्ट भन्यो कि, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन्।’ 

उनले एउटा सेयर सदस्य एवं कर्मचारीका रूपमा संस्थामा आएको पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिएको बताए। ‘कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ ? राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभागजस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले ?’ उनले प्रश्न गरेका छन्, ‘यो जिम्मा नलिए तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ ? यसले निजी व्यवसाय चल्न सक्छ ?’

उनले अबको सय दिन आफ्नो नभई पैसा हिनामिन गर्नेहरूको पछि लाग्न सञ्चारमाध्यमलाई पनि आग्रह गरे। ‘मूलधारका मिडियालाई मेरो अनुरोध छ कि अबको सय दिन मेरो होइन त्यत्रो पैसा हिनामिना गर्नेहरूको पछि लाग्नुहोला । ८७ अर्ब अपचलनको रिपोर्टिङमा सारा संयन्त्र लगाइदिनुहोला,’ उनले भने।