१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार १५:o५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १५:o५:oo

हङकङमा चलचित्र ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शन गरिने भएको छ। नवीन सुब्बा निर्देशित चलचित्र २० अक्टोबरमा गोल्डेन सिन सिनेमामा प्रदर्शन गरिने भएको हो।

निर्माता अमोद राईले हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको बताए। ‘गोल्डेन सिन सिनेमाकै हलमा प्रदर्शन गर्न लागिएको हो,’ उनले भने, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’

चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन्।

हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ। चलचित्रको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन्।

फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो। चलचित्रको  छायांकन अमेरिकी छायाकार जोस हेरमले गरेका हुन्।