वृद्धा महिलाको आँखामा खुर्सानीको धुलो दलेर कानमा लगाएको सुनका गहना चोरी गर्ने युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ ।
लिखु तामाकोशी गाउँपालिका– ५ नागदह पिपलदीपकी ६० वर्षीया सुन्तलीमै तामाङको आँखामा खुर्सानीको धुलो दली उनले लगाएको कानको रिङ (कानको लोतीसमेत चुँडालेर) चोरी गर्ने सोही गाउँकै चन्द्र घिसिङ थिए । उनलाई प्रहरीले पक्राउ गरी डाँका मुद्दा चलाएको थियो ।
स्थानीय आइरन खोलाको बाटोमा आँखामा खुर्सानीको धुलो आँखामा दली कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला सुनाएको हाे ।
अदालतको फैसलाअनुसार घिसिङलाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।