Skip This
मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्, देशको पत्रकारिता जोगाइदिनुस् : लामिछाने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्, देशको पत्रकारिता जोगाइदिनुस् : लामिछाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार जगतलाई यो देशको पत्रकारिता जोगाउन अनुरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनुहुँदैन।’

उनले आफूहरूको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको र कसैलाई आक्षेप लगाउन नभएको बताए । उनले  राजनीतिको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने आफूहरूलाई भन्नु केही नभएको उल्लेख गरे । उनले आफ्नो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बनेको बताए । रास्वापाले बहुमत नल्याउँदासम्म अरूको टाउको दुखिरहने उल्लेख गरे । 

‘रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेर्नुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौँ ? हामी त फैलँदै छौँ,’ उनले भने । 

‘०७९ को चुनाव ०८४ मा चुनाव लड्न हामीले दिएको निम्ता कार्ड थियो। निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौँ भने चुनावै लड्दा त के होला ?’ उनले प्रन गरे ।

संसदीय समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त नबुझेको उनले बताए । ‘उनीहरूले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन। सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्विकार्न गाह्रो भयो ? ’ उनले भने। दुई दल मिलेर दुईतिहाइको सरकार बनाएकाले जनताको पक्षमा काम गरेर रास्वपाको आवश्यकता र औचित्यलाई गलत साबित गरिदिन पनि सत्तारूढ दललाई आग्रह गरे । 

‘रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको होला। रवि नभए पनि रास्वपा अब अभियानका रूपमा अगाडि बढ्छ। घन्टी चुनाव चिह्न मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ?  रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरून्,’ उनले भने ।  बाहिरको प्रहार जति पनि खेप्छु भन्दै उनले भित्रबाट प्रहार नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । उनले आफूहरू लडियो भने  आफ्नै खुट्टामा अल्झिएर लड्ने बताए । 

उनले भने, ‘सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएका थियौँ। सक्दो गर्‍यौँ पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिनँ। समात्नुपर्ने ठुला माछा धेरै छन्, ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउनेछ।’