१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रासस बैतडी
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
रासस, बैतडी
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

वर्षा र चट्याङका कारण गत बुधबारदेखि बैतडीको विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाका ३३ र ११ केभी प्रसारणलाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवाप्रवाहमा पनि समस्या भएको छ। विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए। उनले भने, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ। चार्ज नहुँदा सञ्चारविहीन छौँ।’

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको छ। उनले भने, ‘लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब  मुख्य फिडरबाट लाइन चलिरहेको छैन। लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ।’

बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका ६ जिल्ला रेडजोडमा राखेको छ।

लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन्।