मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २१:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः परेली, एफसी इन्टरनेट र पिप्ले युवा क्लब विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२४:oo

हेटौँडा १९ बस्तीपुरको परेली क्लब हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह 'क' को शीर्षस्थानमा उक्लिएको छ। 

बिहीबार समूहको ५ औँ चरणको खेलमा जित निकाल्दै परेली ११ अंकसहित समूहको शीर्षस्थानमा उक्लिएको हो। अहिलेसम्म परेलीले ५ मध्ये ३ जित र २ खेल बराबरी खेलेको छ। 

परेलीले बिहीबार एफसी इन्टरनेटलाई २–० ले हराउँदै जितलाई निरन्तरता दिएको छ। परेलीको जितका लागि राम लामा र होमराज स्याङ्तानले गोल गरे।

समूहमा 'क' मा १० अंकको साथमा एफसी पोताला दोस्रो स्थानमा छ भने ६ अंक रहेको सक्षम युवा क्लब तेस्रो स्थानमा छ। यस्तै, यसै समूहको एफसी इन्टरनेट र राप्ती-रिभर युवा क्लब (आरआरवाइसी) को समान ४ अंक रहेको छ।

विजय युथ क्लबको १ अंक रहँदा हेटौँडा भेट्रान्स अझै जितको खोजीमा रहेको छ। प्रत्येक समूहबाट उत्कृष्ट तीन क्लबले 'ए' डिभिजनस्तरको मान्यता प्राप्त गर्नेछन्। समूहको पहिलो र दोस्रो हुने क्लबले मात्र नकाउट चरणको खेल खेल्न पाउनेछ।

यता बिहीबार भएका अन्य दुई खेलमा पिप्ले युवा क्लब र आरआरवाइसी विजयी भएका छन्। पिप्लेले महावीर क्लबलाई ७–० ले हराउँदा आरआरवाइसीले हेटौँडाको विजय युथ क्लबलाई १–० ले हरायो।

पिप्ले युवा क्लबको जितका लागि नीरव घलानले ह्याटिङकसहित ४ तथा सुसन वाइबा र आर्यन थापामगरले समान एक-एक गोल गरे। यस्तै, अर्को खेलमा आरआरवाइसीले हेटौँडाको विजय युथ क्लबलाई १–० ले हराएको छ। आरआरवाइसीका लागि सन्देश राईले गरेको गोल नै निर्णायक गोल बन्यो।

लिगअन्तर्गत प्रत्येक दिन चार खेलहरू भइरहेका छन्। लिगको विजेता टोलीले प्रदेश लिगमा सहभागिता जनाउन पाउनुका साथै एक लाख नगद र उपविजेता बन्ने टोलीले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।