१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नवराज शंकर युवा प्रतिभा’बाट नयाँ पत्रिकाकर्मी घिमिरे सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८१’ बाट नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरे सम्मानित भएका छन्।

नवराज शंकर प्रतिष्ठानले आइतबार इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी घिमिरेलाई नगद पाँच हजारसहित सम्मान गरेको हो। उनलाई राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली, जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राईलगायतले दोसल्ला, चेक र सम्मानपत्रले सम्मान गरे।

एक दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरेलाई सीमान्तकृत वर्ग समुदायको पक्षमा कलम चलाएकोमा पुरस्कृत गरिएको हो। राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील शंकरको ३७औँ जन्मजयन्तीको अवसरमा नवराज शंकर प्रतिष्ठानले हरेक वर्ष एकजना युवालाई सम्मान गर्दै आएको छ।

राजनीतिक तथा दर्जनौँ सामाजिक क्षेत्रमा क्रियाशील रहेका शंकरको कोरोना महामारी (कोभिड १९)का कारण २०७८ जेठ २ गते निधन भएको थियो। उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो।

यसैबीच, शंकरको जीवनीमा आधारित डकुमेन्ट्री फिल्म ‘चम्किरहेको तारा– नवराज शंकर’ प्रदर्शन गरिएको छ। प्रतिष्ठानले निर्माण गरेको डकुमेन्ट्रीमा शंकरले पत्रकारिता, राजनीतिक, सामाजिक, खेलकुदलगायत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ।