मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 07 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ८ शनिबार १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १५:२१:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढंगले कार्यसम्पादन गर्नुपर्छ भने। 

‘ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भने। मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वाभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्ने गरी नतिजामुखी काम गर्नुपर्ने बताउनुभयो। उनले भने, ‘जनतामा छाएको निराशालाई चिर्न जरुरी छ।’

उनले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने वेला आएको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी कर्मचारीले काम गर्नुपर्ने बताए। उनले आयोजनाको टेन्डर प्रक्रियालाई चाँडो टुंग्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे।

ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुन सक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए। उनले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने, तर संरक्षण नहुँदा ठुलो विपद्का घटना घटेको बताए।